शुक्रबार, भाद्र २६ गते २०८३
images

फिर्मिन्होको ह्याट्रिक, लिभरपुलको सानदार जित

एक्सप्रेस पाना
आश्विन ३०, २०७८ शनिबार
  • 315
    SHARES
  • फिर्मिन्होको ह्याट्रिक, लिभरपुलको सानदार जित

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सानदार जित निकालेको छ । वाट्फोर्डको घरेलु मैदानमा शनिबार भएको खेलमा पाहुना टोली लिभरपुलले वाट्फोर्डलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

    images

    लिभरपुलको जितमा रोबर्टो फिर्मिन्होले ह्याट्रिक गोल गरे । साडियो माने र मोहमद सलाहले एक एक गोल गरे । खेलको नवौं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए ।

    यससँगै मानेले प्रिमियर लिगमा १०० गोल पूरा गरेका छन् । माने प्रिमियर लिगमा १०० गोल पूरा गर्ने तेस्रो अफ्रिकन खेलाडी समेत बनेका छन् । यस अघि डिडियर ड्रोग्बा र मोहमद सलाहले प्रिमियर लिगमा १०० गोल पूरा गरेका थिए ।

    images

    पहिलो हालमा २-० गोलको अग्रता बनाएको लिभरपुलले दोस्रो हाफमा थप ३ गोल गरेको थियो ।

    उक्त जितसँगै लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । उसको ८ खेलबाट १८ अंक पुगेको छ । लिभरपुल अझै अपराजित रहेको छ । यता पराजित वाट्फोर्डको भने ८ खेलबाट ७ अंक बनाउँदै १५औं स्थानमा रहेको छ ।