शुक्रबार, भाद्र २६ गते २०८३
images

भारतलाई साफको उपाधि , फाइनलमा नेपाल ३-० गोलले पराजित

एक्सप्रेस पाना
आश्विन ३०, २०७८ शनिबार
  • 612
    SHARES
  • भारतलाई साफको उपाधि , फाइनलमा नेपाल ३-० गोलले पराजित

    असोज ३० काठमाडौं । साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता २०२१ को उपाधि भारतले जितेको छ ।

    images

    शनिबार राति माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा भारतले नेपाललाई ३-० गोलले पराजित गरेको हो ।

    भारतको जितमा कप्तान सुनिल क्षेत्री , सुरेश सिंह र सलाह समदले १/१ गोल गरे । निकै रोमाञ्च बने पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा नेपालले लगातार २ गोल र अतिरिक्त समयमा थप गोल खाँदै पराजित भएको हो ।

    images

    उक्त हारसँगै नेपालले इतिहास रच्ने सुनौलो अवसर खेर फालेको छ । साफको इतिहासमै पहिलो पटक फाइनलमा पुगेको नेपाल उपाधि जित्न बाट चुकेको हो । यता भारतले भने आठौं पटक साफको उपाधि उचालेको छ ।