बिहीबार , कार्तिक २० गते २०८३
images
images

भारतीय ऊर्जा मन्त्रीद्वारा अरुण–३ जलविद्युत् परियोजनाको अवलोकन

एक्सप्रेस पाना
बैशाख ९, २०८२ मंगलबार
  • 261
    SHARES
  • भारतीय ऊर्जा मन्त्रीद्वारा अरुण–३ जलविद्युत् परियोजनाको अवलोकन

    काठमाडौं । भारत र नेपालको ऊर्जा सहकार्यलाई थप सुदृढ बनाउने दिशामा एक महत्त्वपूर्ण कदम स्वरूप भारत सरकारका ऊर्जा तथा आवास मामिला मन्त्री  मनोहर लालले अरुण–३ जलविद्युत् परियोजनाको अवलोकन  गरेका छन् । 

    images

    मंगलबार  नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र  भारतका ऊर्जा मन्त्रीले संयुक्त रूपमा ९०० मेगावाट क्षमताको अरुण–३ जलविद्युत् परियोजनाको अवलोकन गरेका हुन् ।

    दुवै मन्त्रीहरूले परियोजनाको प्रगतिबारे समीक्षा गर्दै निर्माणमा आइरहेका अवरोधहरू समाधान गर्न आवश्यक उपायहरूबारे छलफल गरे । भ्रमणको मुख्य आकर्षणका रूपमा पावरहाउसमा इलेक्ट्रोमेकानिकल कार्यहरूको औपचारिक सुरुवात गरिएको छ, जसले परियोजनाको निर्माण कार्यलाई नयाँ चरणमा प्रवेश गराएको छ ।

    images

    यस भ्रमणले दुवै देशबीचको ऊर्जा सहकार्यमा प्रतिबद्धता झल्काउने तथा दिगो विकासलाई प्रवद्र्धन गर्ने लक्ष्यमा सहयोग पु¥याउने विश्वास लिइएको छ । 

  • सम्बन्धित विषय:

  • # अरुण–३ जलविद्युत्