बिहीबार , कार्तिक २० गते २०८३
images
images

महिला किसानलाई पानी सङ्कलन गर्ने ट्याङ्की र सिँचाइ पाइप

एक्सप्रेस पाना
बैशाख १०, २०८२ बुधबार
  • 215
    SHARES
  • महिला किसानलाई पानी सङ्कलन गर्ने ट्याङ्की र सिँचाइ पाइप

    काठमाडौं ।  मन्थली नगरापालिका–२ कठजोरका महिला किसानलाई पानी सङ्कलन गर्ने ट्याङ्की तथा सिँचाइ पाइप वितरण गरिएको छ । 

    images

    मन्थली नगरपालिका र पहाडी समाज कल्याण केन्द्रको साझेदारी तथा हेफेर प्रोजेक्ट नेपालको प्राविधिक सहयोगमा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत सो सहयोग गरिएको हो । 

    निलकण्ठेश्वर स्वावलम्बी महिला कृषक समूहका किसानलाई उपलब्ध गराइएको ट्याङ्की र पाइप वडाध्यक्ष सुरेन्द्र कार्की लगायतले वितरण गरेका हुन् । सो समूहका २३ जना महिलालाई ट्याङ्की वितरण गरिएको छ । ती मध्ये ८ जनालाई १ हजार लिटर र बाँकीलाई ५ सय लिटरको ट्याङ्की वितरण गरिएको हो । 

    images

    कार्यक्रममा बोल्दै वडाध्यक्ष सुरेन्द्र कार्कीले यो सुरुवात मात्रै भएको बताउँदै प्रदान गरिएका सामाग्रीको उचित सदुपयोग गरे थप सहयोगका कार्यक्रम पनि आउने बताए । 

    स्थानीय महिलाहरूले अभावको बेलामा पानी सङ्कलन गर्न ट्याङ्की भएपछि निक्कै सहज हुने बताए । यसले आफूहरूलाई कृषि कर्ममा लाग्न थप उत्साहित गरेको उनीहरूको धारणा छ ।

  • सम्बन्धित विषय:

  • # मन्थली नगरापालि