एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेड पराजित भएको छ । शनिबार राति भएको खेलमा लेष्टर सिटीले पाहुना टोली म्यानचेस्टर युनाइटेडमाथि ४–२ को सानदार जित निकालेको छ । यो हारसँगै युनाइटेडको अवेमा २९ खेलको अपराजित याात्राको अन्त्य भएको छ ।
खेलमा लिएको सुरुवाती अग्रता जोगान नसक्दा युनाइटेड पराजित भएको हो । युनाइटेडका लागि मासन ग्रिनउडले १९ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यसको १२ मिनेटपछि योरी टेलिमन्सले बराबरी गोल फर्काएका थिए ।
घरेलु टोलीका लागि ७८ औं मिनेटमा काग्लार सोन्चुले नजिकबाट गोल गर्दा युनाइटेड २–१ ले पछि पर्यो । त्यसको चार मिनेटपछि मार्कोस रासफोर्डले गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए । उक्त बराबरी गोलको एक मिनेट पछि सिटीको लागि जेमी भार्डी गोल गरि खेलमा ३–२ गोलको अग्रता दिलाए र अत्तिरिक्त समयमा पाट्सन डाकाले गोल गरी ४–२ गोलको सानदार जित दिलाए ।
उक्त जितसँगै ८ खेलबाट ११ अंक बनाउँदै ११औं स्थानमा उक्लिएको छ । यता पराजित युनाइटेडको भने समान खेलबाट १४ अंकसहित पाँचौं स्थानमा झरेको छ ।


