सोमबार, कार्तिक १७ गते २०८३
images
images

पूर्व उपप्रधानपञ्च डंगोलको निधनप्रति आइतबार काठमाडौँ महानगरपालिकामा शोक विदा

एक्सप्रेस पाना
बैशाख १३, २०८२ शनिबार
  • 262
    SHARES
  • पूर्व उपप्रधानपञ्च डंगोलको निधनप्रति आइतबार काठमाडौँ महानगरपालिकामा शोक विदा

    काठमाडौँ । तत्कालीन काठमाडौँ नगर पञ्चायतका उपप्रधानपञ्च तीर्थराम डंगोलको निधनमा काठमाडौँ महानगरपालिकाले आइतबार शोक विदा दिने भएको छ । 

    images

    शनिबार प्रशासन विभागले सूचना जारी गर्दै शोक विदा सम्बन्धी जानकारी दिएको हो ।  

    वि. सं. २००४ साल माघ २९ गते जन्मेका डंगोल लामो समयदेखि पिसाव थैलीको क्यान्सरसँग जुधिरहेका थिए । उनको उपचारमा संग्लन स्वास्थ्यकर्मीका अनुसार मिर्गौलामा एकैपटक समस्या बढेर डाइलाइसिस गराउनु परेको थियो । हप्तामा २ दिन गराउनुपर्ने डाइलाइसिस गएको बिहीबार मात्र गरिएको थियो । 

    images

    पञ्चायतविरुद्धका कार्यक्रम सञ्चालन गर्ने क्रममा काठमाडौँ नगर पञ्चायतका उपप्रधानपञ्च (वि. सं. २०४३) तीर्थराम डंगोलको संवत् २०८२ वैशाख १२ गते शुक्रबार (ने. सं. ११४५ चौलागा द्वादशि)का दिन असामयिक निधन भएको खवरले काठमाडौँ महानगरपालिका परिवार स्तव्ध भएको छ । यो कठिन घडीमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछौँ । विज्ञप्तिमा भनिएको छ ।

  • सम्बन्धित विषय:

  • # काठमाडौँ महानगरपालिका
  • # तीर्थराम डंगोल