शुक्रबार, भाद्र २६ गते २०८३
images

रियल सोसिडाड ला लिगाको शीर्षस्थानमा

एक्सप्रेस पाना
आश्विन ३१, २०७८ आइतबार
  • 228
    SHARES
  • रियल सोसिडाड ला लिगाको शीर्षस्थानमा

    एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल सोसिडाड शीर्षस्थानमा उक्लिएको छ ।

    images

    शनिबार राति घरेलु मैदानमा भएको खेलमा १० खेलाडीमा सिमिति सोसिडाडले मालोर्कालाई १-० गोलले हराएको हो । निकै रोमाञ्चक बनेको खेलमा सोसिडाडले ९०औं मिनेटमा गोल गरेको थियो । जुलेन लोबेटले मार्टिन जुविमेन्डीको पासमा गोल गर्दै सोसिडाडलाई महत्वपूर्ण जित दिलाए ।

    सोसिडाड पहिलो हाफमै १० खेलाडीमा समेटिएको थियो । पहिलो हाफको इन्जुरी समयमा सोसिडाडका अइहेन मुनोज दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएका थिए । 

    images

    उक्त जितसँगै सोसिडाडले शीर्षस्थान कब्जा गरेको छ । सोसिडाडको ९ खेलबाट २० अंक पुगेको छ । एक खेल कम खेलेकोे रियल म्याड्रिड र साविक विजेता एट्लेटिको म्याड्रिड १७ अंक सहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । सोसिडाडसँग पराजित मालोर्का ११ अंक सहित १२औं स्थानमा छ ।

    शनिबार रातिनै भएको अर्को खेलमा लिभान्ते र गेटाफेले गोल रहित बराबरी खेल्दै अंक बाँडेको छ । पाँच अंक बनाएको लिभान्ते १८औं स्थानमा छ । दुई अंकमा सिमित गेटाफे तालिकाको अन्तिममा छ ।