बिहीबार , कार्तिक २० गते २०८३
images
images

माग सम्बोधन नहुदाँ चिकित्सकहरूको आन्दोलन आज पनि जारी

एक्सप्रेस पाना
बैशाख १६, २०८२ मंगलबार
  • 191
    SHARES
  • माग सम्बोधन नहुदाँ चिकित्सकहरूको आन्दोलन आज पनि जारी

    काठमाडौं । चिकित्सा शिक्षा आयोगको १९ औँ बैठकले वा सरोकारवालाहरुले बाचा गरिए अनुरूपको निर्वाह भत्ताको व्यवहारिक समय तालिका सार्वजनिक नगरेको हुनाले चिकित्सक संघ अझै आन्दोलनरत नै रहेको जानकरी गराएको छ । 

    images

    सोमबार प्रेस विज्ञाप्ती जारी गर्दै निजी मेडिकल कलेजले आवासीय चिकित्सकका लागि निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह भत्ता दिनुुपर्ने भएपनि निर्वाह भत्ताको व्यवहारिक समय तालिका सार्वजनिक नगरेको भन्दै संघ अझै आन्दोलनरत नै रहेको जानकरी गराएका हुन् । 

    यस्तै, संघले सम्पूर्ण उपत्यका भित्र रहेका चिकित्सकहरूलाई, बिहान ११ः०० बजे माइतीघर मण्डलामा र उपत्यका बाहिरका चिकित्सकहरूलाई सोहि समयमा आफ्नो जिल्ला प्रशासनिक कार्यालय बाहिर धर्ना दिन आग्रह गरेको छ । 

    images

    विज्ञप्ती जारी भएको मितिको २४ घण्टा मित्र मागको सटिक सम्बोधन नभएमा, चिकित्सकहरु अझ कडा आन्दोलनको घोषणा गर्न बाध्य हुने पनि संघको भनाई छ 

    Photo (1).jpeg