सोमबार, कार्तिक १७ गते २०८३
images
images

विराटनगरमा नक्कली नोटसहित एक भारतीय नागरिक पक्राउ

एक्सप्रेस पाना
बैशाख १७, २०८२ बुधबार
  • 341
    SHARES
  • विराटनगरमा नक्कली नोटसहित एक भारतीय नागरिक पक्राउ

    काठमाडौं ।  मोरङको विराटनगर महानगरपालिका १३ स्थित एक किराना पसलमा नक्कली भारतीय नोट प्रयोग गर्न खोज्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । 

    images

    पक्राउ परेकी व्यक्ति भारत बिहार राज्यको अररिया जिल्लाकी १९ वर्षीया सिम्पी बैसन्ति रहेको प्रहरीले जनाएको छ। 

    वैशाख १६ गते सामान किन्ने क्रममा सिम्पीले भारतीय ५ सय रुपैयाँको नोट पसलेलाई दिएकी थिइन् । सो नोट नक्कली भएको शंका लागेपछि पसलधनीले तत्काल प्रहरीलाई जानकारी गराएका थिए।

    images

    सूचनापछि इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले सिम्पीको साथमा जाँच गर्दा भारतीय ५ सय दरका ७ थान नक्कली नोट र नेपाली ३ हजार १ सय रुपैयाँ फेला परेको थियो।

    प्रहरीका अनुसार उनलाई नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाही अगाडि बढाइएको छ। साथै, नक्कली नोटको स्रोत र संलग्न अन्य व्यक्तिबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

  • सम्बन्धित विषय:

  • # पक्राउ