बिहीबार , कार्तिक २० गते २०८३
images
images

सुधार केन्द्रमा यातना:प्रहरीले गर्‍यो सोधपुछ

एक्सप्रेस पाना
बैशाख २२, २०८२ सोमबार
  • 191
    SHARES
  • सुधार केन्द्रमा यातना:प्रहरीले गर्‍यो सोधपुछ

    काठमाडौं । सुधार केन्द्रमा शारीरिक यातना दिएको विषयमा रौतहट प्रहरीले संचालक संग सोधपुछ गरेको छ । 

    images

    गौर नगरपालिका–४ मा रहेको राइजिङ नेपाल सुधार केन्द्रमा एक व्यक्तिमाथि अमानवीय तरिकाले निर्घात कुटपिट भएको भिडियो समाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले संचालक संग सोधपुछ गरेको हो । 

    जिल्ला प्रहरी कार्यलय रौतहटका  सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले वीरगञ्ज महानगरपालिका वडा नम्वर ८ घर भएका सुधार केन्द्रका संचालक सुरज गुप्तालाई बोलाएर सोधपुछसँगै अनुसन्धान सुरु गरेको बताए । 

    images

    उनका अनुसार प्रारम्भीक अनुसन्धानबाट भाइरल भिडियो पुरानो भएको खुलेको उनको भनाइ छ । यो भिडियो करिव ८ महिना पूरानो भएको खुलेको हो उनले भने यातना सहिरहेका युवक २०८१ मंसिर १५ गते सुधार केन्द्रबाट निस्केको पाइएको छ । 

    प्रहरीले सुधार केन्द्रमा रहेका ८ जनालाई सोधपुछ गर्दा हाल यहा यस्ता किसिमका घटना नभएको बताएको डिएसपी रायले बताए । "कुटपिट गर्ने सुधार केन्द्रका तत्कालीन कर्मचारी शिवु पाण्डे रहेको र अहिले कुट्ने र कुटिने दुवै जना छैन" उनले भने ।

    कुटाइखाने व्यक्ति गौरका रितेशकुमार यादव भएको र के कारणले कुटपिट गरेको भन्ने अहिलेसम्म नखुलेको रौतहट प्रहरीले जानकारी दिएको छ ।

  • सम्बन्धित विषय:

  • # सुधार केन्द्र