एजेन्सी । आइसीसी टी-२० विश्वकपको समूह चरणको खेलमा स्कटल्यान्डले बंगलादेशलाई पराजित गरेको छ ।
आइतबार राति ओमानस्थित अल अमरेत मैदानमा भएको खेलमा स्कटल्यान्डले बंगलादेशलाई ६ रनले पराजित गरेको हो । १ सय ४१ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३४ रनमात्र जोड्न सक्यो ।
बंगलादेशका लागि मुश्फिकर रहिमले ३८ रनको योगदान दिए । शकिब अल हसनले २० रन, लिटन दास र सौम्य सरकारले ५/५ रन मात्र जोडेका थिए ।
टस जितेर पहिलो ब्याटिङ रोजेको स्कटल्यान्डले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४० रन जोडेको थियो ।
स्कटल्यान्डका लागि कारिस गेभेसले सर्वाधिक ४५ रनको योगदान गरेका थिए । त्यस्तै गेरोर्ग मुन्सेले २९ रन बनाउँदा मार्क वाटले २२ रनको योगदान गरेका थिए । स्कटल्यान्डका लागि माथे क्रसले ११ रन बनाउँदा बाँकी ब्याटरले दोहोरो रन जोड्न सकेनन् ।
बलिङतर्फ बंगलादेशका लागि मेहदी हसनले सर्वाधिक ३ विकेट लिए । त्यस्तै मुस्तफिजुर रहमान र साकिव अल हसनले समान २/२ विकेट लिए भने टाकिन अहमेद र मोहामा साफुदिनले समान १/१ विकेट लिए ।


