शुक्रबार, भाद्र २६ गते २०८३
images

चलचित्र ‘ऊनको स्वीटर’ दोस्रो हप्तामा, उत्साहित निर्माण टिम

एक्सप्रेस पाना
जेठ २, २०८२ शुक्रबार
  • 186
    SHARES
  • चलचित्र ‘ऊनको स्वीटर’ दोस्रो हप्तामा, उत्साहित निर्माण टिम

    काठमाडौं । हाल प्रदर्शन भइरहेको चर्चित नेपाली चलचित्र ‘ऊनको स्वीटर’ ले रिलिजको पहिलो सातामै ५ करोड ७५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको दाबी गरेको छ । 

    images

    निर्माण कम्पनी आर्टमाण्डू नेपाल प्रालिले शुक्रवार बिहान आधिकारिक रूपमा कलेक्सन रिपोर्ट सार्वजनिक गरेको हो ।

    नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रले रिलिजको पहिलो दिनदेखि नै दर्शकको मन जित्दै हलहरूमा हाउसफुल शोहरू दिन थालेको थियो । 

    images

    दोस्रो हप्तामा अन्य नयाँ चलचित्रहरूको रिलिजको बाबजुद पनि करिब दुई सय शो सहित ऊनको स्वीटरले प्रदर्शन आरम्भ गरेको छ ।

    कलाकारहरू विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलको अभिनय रुचाइएको छ ।

    निर्देशक नवीन चौहानका अनुसार भ्रमण दमौलीबाट सुरु भई पोखरा, चितवन, बुटवल, दाङ, नेपालगन्ज, धनगढी, दमक, धरान, विराटनगर र इटहरीसम्म विस्तार हुनेछ । भ्रमणमा अभिनेता विपिन कार्की, अभिनेत्री परीक्षा लिम्बु, एलेक्स पारस, गायक सुजन चापागाईँ सहभागी हुनेछन् ।

  • सम्बन्धित विषय:

  • # ऊनको स्वीटर
  • # विपिन कार्की
  • # मिरुना मगर