कात्तिक १ काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि विज्ञापन आह्वान गरेको छ ।
क्यानले एक सूचना जारी गर्दै पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको हो । यसका लागि इच्छुक र योग्य खेलाडीले दरखास्त दिन सक्नेछन् ।
यसअघिका नेपाली पुरुष क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ वाटमोरले पदबाट राजीनामा दिएका थिए । त्यसपछि उक्त पद रिक्त रहेको छ ।



