सोमबार, कार्तिक १७ गते २०८३
images
images

कतारले उपहार दिएको बोइङ–७४७ विमान अमेरिकाले स्वीकार ग‍र्यो

एक्सप्रेस पाना
जेठ ८, २०८२ बिहीबार
  • 251
    SHARES
  • कतारले उपहार दिएको बोइङ–७४७ विमान अमेरिकाले स्वीकार ग‍र्यो

    काठमाडौं । अमेरिकाले कतारबाट उपहारस्वरूप पाएको बोइङ ७४७ विमान स्वीकार गरेको छ ।

    images

    अमेरिकाको रक्षा मन्त्रलय पेन्टागनका प्रमुख प्रवक्ता सीन पार्नेलले बुधबार संघीय नियमहरूको पालना गर्दै कतारबाट बोइङ–७४७ विमान स्वीकार गरेको बताएको छ । यस्तो उपहार लिन हुने र नहुनेबारे आलोचना भइरहेको भए पनि यो विमान अमेरिकी राष्ट्रपतिको आधिकारिक विमान (एयर फोर्स वनको)का रूपमा प्रयोग हुनेछ । 

    यो विमानलाई एयर फोर्स वनको रूपमा प्रयोग गर्न अझै केही ‘मोडिफिकेसन’हरू गर्नुपर्ने बताइएको छ ।

    images

    राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले यो उपहार कानुनी भएको दाबी गरेको भए पनि गत हप्ता यसको स्थानान्तरण घोषणा गर्दा ठूलो विवाद उत्पन्न भएको थियो । कतारी राजपरिवारबाट उपहारस्वरूप दिइएको यो विमानको अनुमानित मूल्य चार सय मिलियन डलर रहेको छ । 

  • सम्बन्धित विषय:

  • # बोइङ–७४७ विमान