एजेन्सी । इटालियन सिरी ए फुटबलमा युभेन्टसले रोमालाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा युभेन्टसले पाहुना टोली रोमामाथि १-० गोलको जित निकालेको हो ।
घरेलु टोली युभेन्टसको जितमा मोइु कीनले खेलको १६औं मिनेटमा गरेको गोल नै जितका लागि प्रयाप्त बन्यो । पहिलो हाफमै बराबरी गोल गर्ने अवसर पाएको रोमाले खेलको ४४औं मिनेटमा पेनाल्टाीको मौका पाएको थियो । उक्त पेनाल्टीमा जोर्डन भेरेटोट चुकेका थिए । जुन पेनाल्टी युभेन्ट्सका गोलकिपरले रोक्दै टोलीको संकट टारेका थिए ।
पहिलो हाफमा १-० गोलले पछि परेको पाहुना टोली रोमा दोस्रो हाफमा खेलम फर्कने प्रयास गरेतापनि सफल हुन सकेन । र बाँकी समय थप गोल नहुँदा युभेन्टस १-० गोलले विजयी भयो ।
उक्त जितसँगै युभेन्टसले ८ खेलमा १४ अंक बनाउँदै सातौं स्थानमा उक्लिएको छ । जारी सिजनको सुरुवाती चरणमा खराब लयमा रहेको युभेन्टसले पछिल्लो चार खेलमा लगातार जित निकालेको छ । यता पराजित रोमाको भने समान ८ खेलबाट १५ अंकसहित चौथो स्थानमा रहेको छ ।


