शुक्रबार, भाद्र २६ गते २०८३
images

बार्सिलोनाको सानदार जित

एक्सप्रेस पाना
कार्तिक १, २०७८ सोमबार
  • 570
    SHARES
  • बार्सिलोनाको सानदार जित

    एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ । आइतबार राति भएको खेलमा भ्यालेन्सियामाथि ३-१ को जित दर्ता गरेको हो । खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा भ्यालेन्सिया बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा पराजित हुन पुग्यो ।  

    images

    घरेलु टोली बार्सिलोनाको जितमा अन्सु फाती, मेम्फिस डिपाए र फिलिपे कौटिन्होले १/१ गोल गर्दा भ्यालेन्सियाका जोसे गायाले १ गोल गरे । खेलको पाचौं मिनेटमा गायाले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । तर खेलको १३औं मिनेटमा फातीले घरेलु टोलीका लागि बराबरी गोल फर्काए ।

    ४१औं मिनेटमा डिपाएले पेनाल्टीमा गोल गर्दा बार्सिलोनाले पहिलो हाफभरि २-१ अघि बढ्यो । ८५औं मिनेटमा कौटिन्होले गोल गर्दै टोलीको जित पक्का गरे ।

    images

    ८७ औं मिनेटमा सर्जिनो डेस्टको स्थानमा मैदान प्रवेश गर्दै सर्जियो अग्युरोले बार्सिलोनाका लागि डेब्यु गरे । उक्त जितसँगै बार्सिलोना ८ खेलमा १४ अङ्क जोड्दै सातौं स्थानमा रहँदा भ्यालेन्सिया ९ खेलबाट १२ अङ्कका साथ नवौं स्थानमा छ ।