बिहीबार , कार्तिक २० गते २०८३
images
images

गण्डकी कोटिहोममा राधिका दासीको प्रवेश,देवी प्रतिभाको बिदाइ

एक्सप्रेस पाना
जेठ १६, २०८२ शुक्रबार
  • 380
    SHARES
  • गण्डकी कोटिहोममा राधिका दासीको प्रवेश,देवी प्रतिभाको बिदाइ

    काठमाडौं । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा शुक्रबार भागवत मञ्जरी राधिका दासी आउने भएकी छन् ।

    images

    उनले शनिबारदेखि कथा वाचन गर्ने कार्यक्रम छ । जेठ १० देखि कथा वाचन गरिरहेकी अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाको भने आज बिदाइ हुनेछ ।

    मोरङमा जन्मिएकी भागवत मञ्जरी राधिका दासीले कोटिहोममा जेठ १७ देखि २६ गतेसम्म श्रीमद्देवी भागवत कथा वाचन गर्ने प्रचार÷प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

    images

    भागवत मञ्जरी दासीले इतिहासमा यस्तो सय कुण्ड भएको यज्ञ होमहोमादी हुने ठाउँमा कथा वाचन गर्न आउन पाउँदा आफूलाई भाग्यमानी ठानेको बताएकी छन् । 

    ‘यस्तो ऐतिहासिक कोटीहोम आफ्नो जेनेरेसनले देखेको पहिलो पटक हुनु पर्दछ, यस्तो दिव्य स्थानमा कथा वाचन गर्न म आउँदै छु ’, फेसबुक लाइभमा उनले भनिन्, ‘कथा वाचनको साथ साथमा त्यहाँ हुने करोडौँ हवनमा पनि हजुरहरू सदा सर्वदा आएर जोडिनुहोला, म पनि आउँदै छु तपाईँहरू पनि आउनुहोस् कोटीहोममा भेटौंला ।’

    महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी महाराजले आँटेका हरेक गतिविधिमा पूर्णरूपमा साथ दिँदै आएकी कथा वाचिका देवी प्रतिभा र राधिका दासीको कोटीहोम आगमनले आफूलाई उर्जा मिलेको बताए ।

    देवी प्रतिभालाई बहिनीको रूपमा र राधिका दासीलाई माताको रूपमा सम्बोधन गर्दै आएका महाराजले देवी र माताको प्रवचन श्रवण अवसरलाई सदुपयोग गर्न आग्रह गरे ।

  • सम्बन्धित विषय:

  • # देवी प्रतिभा
  • # गण्डकी कोटिहोम
  • # राधिका दासी