काठमाडौं । गण्डकी प्रदेश सरकारले राइड शेरिङ नियमावली स्थगित गरेसँगै आज (बुधबार) देखि सावर्जनिक सवारी साधन चल्न थालेका छन् ।
गण्डकी प्रदेश सरकारले एक महिनाका लागि राइड सेयरिङ नियमावली स्थगन गर्ने निर्णय गरेसँगै व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका हुन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वाँरले आन्दोलनका कार्यक्रम स्थगित भएको जानकारी दिए ।
प्रधानमन्त्री कार्यालयको पत्रपछि गण्डकी प्रदेश सरकारले एक महिनाका लागि नियमावलीलाई स्थगित गर्ने निर्णय गरेको थियो ।
सोमबार नै सरकार र यातायात व्यवसायीबीच मध्यरातमा सहमति भएको थियो । सहमति भए पनि सार्वजनिक यातायात नचल्दा सर्वसाधारणले सास्ती खेप्नु परेको थियो ।
गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली ल्याएसँगै यातायात व्यवसायी आन्दोलित बनेका थिए। जसका कारण देशभरिका सार्वजनिक यातायात ठप्प भएको थियो ।
.jpg)


