सोमबार, कार्तिक १७ गते २०८३
images
images

अमेरिकाले नेपालीलाई दिंदै आएको टीपीएस खारेज गर्दै भन्यो २ महिनाभित्र आफ्नो देश फर्कनुस्

एक्सप्रेस पाना
जेठ २३, २०८२ शुक्रबार
  • 885
    SHARES
  • अमेरिकाले नेपालीलाई दिंदै आएको टीपीएस खारेज गर्दै भन्यो २ महिनाभित्र आफ्नो देश फर्कनुस्

    काठमाडौं । अमेरिकाले नेपालीलाई दिंदै आएको अस्थायी बसोबास सम्बन्धी अनुमति टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) खारेज गरेको छ ।

    images

    अमेरिकाको गृह सुरक्षा मन्त्रालयले सूचना निकालेर नेपालको अवस्थाको समीक्षा र सम्बन्धित साझेदार निकायहरूसँगको परामर्शपछि नेपालीले टीपीएसका लागि वैधानिक आवश्यकताहरू पूरा नगर्ने निष्कर्ष निकालेको जनाएको छ।

    मन्त्रालयले टीपीएस हैसियतमा अमेरिकामा बस्दै आएका नेपालीहरूको अरू हैसियतमा बस्ने वैधानिक आधार छैन भने अब स्वदेश फर्किने तयारी गर्न पनि भनेको छ ।

    images

    नेपालीको लागि टीपीएस हैसियत सूचना प्रकाशित भएको ६० दिनपछि अर्थात् २०२५ मा अगस्ट ५ राति ११:५९ बजे समाप्त हुने बताइएको छ । 

    टीपीएस सशस्त्र द्वन्द्व, वातवरणीय प्रलय र अन्य असाधारण संकटमा रहेका मुलुकका आप्रवासीलाई अमेरिकामा बस्ने र काम गर्ने अनुमति दिने कार्यक्रम हो। 

    अमेरिकी मन्त्रालयको सूचना अनुसार टीपीएस सुविधामा अमेरिकामा बसिरहेका नेपालीले अबको दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने हुन्छ । 

    गत सेप्टेम्बरमा सार्वजनिक गरिएको एक तथ्यांकमा विश्वका १६ देशबाट ८ लाख ६३ हजार ८८० जना रहेकामा नेपालका ७ हजार ८७५ जना अमेरिकामा टीपीएस कार्यक्रमअन्तर्गत बसिरहेको देखाइएको छ।

  • सम्बन्धित विषय:

  • # टीपीएस