बिहीबार , कार्तिक २० गते २०८३
images
images

नागढुङ्गा-नौबिसे सडक खण्डमा थप ५ दिन सवारी आवागमन बन्द हुने

एक्सप्रेस पाना
जेठ २५, २०८२ आइतबार
  • 265
    SHARES
  • नागढुङ्गा-नौबिसे सडक खण्डमा थप ५ दिन सवारी आवागमन बन्द हुने

    काठमाडौं । नागढुङ्गा-नौबिसे सडक खण्डमा सडक मर्मत तथा सुधार कार्य जारी रहेकाले थप ५ दिन सवारी आवागमन बन्द हुने भएको छ ।

    images

    नागढुङ्गा-सडक योजना (पूर्वी खण्ड)ले आइतबार सूचना जारी गर्दै जेठ २६ गतेदेखि जेठ ३० गतेसम्म दैनिक साढे चार घण्टा सडक बन्द हुने जानकारी दिएको हो । सडक हरेक दिन बिहान १०:३० बजेदेखि दिउँसो ३:०० बजेसम्म पूर्ण रूपमा बन्द हुनेछ ।

    सडक योजनाले काठमाडौंबाट नौबिसेतर्फ जाने सवारीलाई नागढुङ्गा चेकपोस्टमा र नौबिसेबाट काठमाडौंतर्फ आउने सवारीलाई खानीखोला बजारमा नै रोकिने जनाएको छ ।

    images

    सडक बन्द हुने समयमा साना तथा मझौला सवारी साधनका लागि वैकल्पिक मार्ग प्रयोग गर्न सकिने जानकारी दिएको छ । वैकल्पिक मार्गमा सीतापाइला(रामकोट(धार्के सडक र सामाखुशी(टोखा-छहरे-त्रिशुली (विदुर)-गल्छी सडक रहेको आयोजनाले जनाएको छ । 

    त्यस्तै सडक योजनाले बन्दको समयमा दमकल, एम्बुलेन्स र सुरक्षा निकायका जस्ता अत्यावश्यक सवारी साधनलाई भने नरोकिने बताएको छ ।

    यस अघि नागढुङ्गा(नौबिसे सडक जेठ १० गतेदेखि २५ गतेसम्म बन्द गरेर काम गरिएको थियो ।

  • सम्बन्धित विषय:

  • # नागढुङ्गा-नौबिसे