शुक्रबार, भाद्र २६ गते २०८३
images

श्रीलंकाको सुखद सुरुवात, नामिबिया पराजित

एक्सप्रेस पाना
कार्तिक २, २०७८ मंगलबार
  • 289
    SHARES
  • श्रीलंकाको सुखद सुरुवात, नामिबिया पराजित

    कात्तिक २ काठमाडौं । नामिबियालाई पराजित गर्दै श्रीलंकाले आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । सोमबार राति आबुधाबीमा भएको खेलमा श्रीलंकाले नामिबियालाई ७ विकेटले पराजित गरेको हो ।

    images

    ९७ रनको सामान्य लक्ष्यसहित जवाफी ब्याटिङमा आएको श्रीलंकाले १३.३ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।

    श्रीलंकाको जितमा भानुका राजपाक्षेले अविजित रहँदै सर्वाधिक ४२ रन बनाए । यस्तै अभिष्का फर्नान्डोले अविजित ३० रन बनाए । नामिबियाका रुबिन ट्रम्प्लेमान, बेर्नार्ड स्कोल्ट्स र जेजे स्मिथले समान १/१ विकेट लिए ।

    images

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले १९.३ ओभरमा अलआउट हुँदै ९६ रन बनाएको थियो । नामिबियाका लागि क्रेग विलियम्सले सर्वाधिक २९ रन जोडे ।  नामिबियाको ब्याटिङ ध्वस्त बनाउने क्रममा श्रीलंकाका महेश थिक्शानले ३ विकेट लिए ।

    मंगलबार नै भएको अर्को खेलमा आयरल्याण्डले  विजयी सुरुवात गरेको छ । आयरल्यान्डले  नेदरल्यान्ड्सलाई ७ विकेटले पराजित गरेको हो ।