शुक्रबार, भाद्र २६ गते २०८३
images

भारतले इंग्ल्याण्डलाई हरायो

एक्सप्रेस पाना
कार्तिक २, २०७८ मंगलबार
  • 413
    SHARES
  • भारतले इंग्ल्याण्डलाई हरायो

    एजेन्सी । सातौँ संस्करणको टी-२० विश्वकपअघि अभ्यास खेलमा भारतले इंग्ल्याण्डलाई ७ विकेटले पराजित गरेको छ ।

    images

    युएईमा सोमबार राति भएको खेलमा इंग्ल्याण्डले दिएको १८९ रनको लक्ष्य भारतले तीन विकेट गुमाएर १९ ओभरमा भेट्टायो । भारतको लागि इशान किशनले सर्वाधिक ७० रन बनाए । यस्तै केएल राहुलले ५१ रन जोडे । 

    इंग्ल्याण्डको बलिङमा डेभिड विलि, मार्क वुड र लियाम लिभिंगस्टोनले समान १/१ विकेट लिए ।

    images

    यसअघि टस हारेर ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ५ विकेट गुमाउँदै १८८ रन बनाएको थियो । इंग्ल्यान्डको लागि जोनी बेयरस्टोले सर्वाधिक ४९ रन बनाए । यस्तै मोइन अलीले ४३ रन बनाए ।

    भारतका लागि मोहम्मद शामीले सर्वाधिक ३ विकेट लिए । विश्वकपअघि दोस्रो अभ्यास खेलको रुपमा भारतले २० अक्टोबरमा अस्ट्रेलियासँग तथा इंग्ल्यान्डले न्युजिल्यान्डसँग खेल्ने छ