सोमबार, कार्तिक १७ गते २०८३
images
images

एअर इन्डिया विमान दुर्घटनामा २०४ जनाको मृत्यु भएको पुष्टि

एक्सप्रेस पाना
जेठ २९, २०८२ बिहीबार
  • 350
    SHARES
  • एअर इन्डिया विमान दुर्घटनामा २०४ जनाको मृत्यु भएको पुष्टि

    काठमाडौं । भारतको अहमदावादमा बिहीबार भएको एअर इन्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २०४ पुगेको छ । 

    images

    २३० यात्रु र १२ जना क्रु मेम्बरसहित २४२ जना रहेको विमान लन्डनका लागि उडेको केही मिनेटमै दुर्घटनामा परेको थियो ।

    अहमदावाद प्रहरीले २०४ जनाको शव फेला परेको जनाएको छ । साथै ४१ जनाको अस्पतालमा उपचार भइरहेको समेत जनाएको छ । सो विमान चिकित्सकहरू बस्ने एक छात्रावासमा खसेको थियो । 

    images

    त्यसैले मृत्यु हुनेमा छात्रावासमा रहेकाहरू पनि हुन सक्ने जनाइएको छ ।