काठमाडौं । जिल्ला अस्पताल रामेछापबाट सरुवा भएर हेटौंडा पुगेका डाक्टर केशब श्रेष्ठ फेसबुकमा सबैलाई अलबिदा भनेर सम्पर्कबिहिन भएका छन् ।
सोमबार आफ्नो सामाजीक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै डा. श्रेष्ठ सम्पर्कबिहिन भएका हुन् ।
उनले बिभिन्न झूठा आरोपहरू लगाएर आफ्नो सरुवा गराएको उल्लेख गर्दै आफूले दुई वर्षभन्दा बढी सेवा गरेको अस्पतालबाटै आफूमाथि अमानवीय व्यवहार र अन्याय गरिएको गुनासो गरेका छन् ।
डा. श्रेष्ठलाई जेठ अन्तिम साता हेटौँडा सरुवा गरिएको थियो । उनले आफ्नो सरुवामा आर्थिक चलखेल भएको र आफूलाई अन्यायपूर्वक कारबाहीको भागीदार बनाइएको बताउँदै आफूलाई यो अवस्थामा पुऱ्याउनेहरूलाई कानुनी कठघरामा ल्याउन समेत अपिल गरेका छन् ।
अस्पताललाई व्यवस्थित बनाउने क्रममा केही कर्मचारीहरूलाई आफुले स्पष्टीकरण सोधेको र ति व्यक्तिहरूलाई प्रयोग गरेर, बदलाको भावनाले आफु विरुद्ध प्रतिशोध साधेर रामेछाप छोड़न बाध्य बनाएको उनको भनाई छ ।
उनले लेखेका छन्,"आफ़नो कार्यकक्षमा नबस्ने, आफ़नो बाउको राजनीति उयधभच को दम्भ देखाउने, बाहिर lab संग CD/RPD को comission को deal गर्ने, पटक-पटक भन्दा पनि आफ़नो कार्यकक्षमा नबस्ने गरेको पाए पछि लिखित स्पष्टीकरण सोधे। तेही स्पष्टीकरण सोधिएका हरू लाई प्रयोग गरेर, बदलाको भावनाले प्रतिशोध साधेर मेरो बिरुद पत्र लेख्न लगाएर सुनियोजित ढंगले मलाई रामेछाप छोड़न बाध्य बनाईयो ।"
रामेछाप अस्पतालबाट आफूलाई राति ९ बजे परिवारसहित काठमाडौं आउन बाध्य पारिएको र स्वास्थ्य मन्त्रालयले समेत सुरक्षा नदिएको गुनासो गरेका छन् । उनले लेखेका छन्,"मैले आफ़नो कुरा राख़्न खोजे तर सुनुवाई कतै भएन । न स्वास्थ्य मन्त्रालयको मन्त्रीले, न स्वास्थ्य मन्त्रालयको साचिबले नै सुन्नु भयो ।"
डा. श्रेष्ठले आमाबाबु, श्रीमती, छोरीलगायत परिवारसँग माफी माग्दै आफू आत्महत्या गर्न बाध्य भएको अनुभूति व्यक्त गरेका छन् । "मलाई माफ गरिदिनु मम्मी, भावना अनि छोरी । हिम्मत नहार्ने मान्छे आज आएर हिम्मत हार्न पुगे, एक्लै लड़ने मान्छे आज आएर गलि सकेको छु।" उनले लेखेका छन् ।
उनले अन्तमा लेखेका छन्,"नेपालमा नै केही गरौ भनेर बसेको अहिले पश्चाताप लागेको छ ।"
हालको उनको फोन स्वीच अफ रहेको र प्रहरीले उनको खोजी गरिरहेको बताइएको छ ।
.jpg)


