आइतबार, भाद्र २८ गते २०८३
images

टी-२० सिरिज:तेस्रो सुपर ओभरमा नेपाल नेदरल्याण्ड्ससँग पराजित

एक्सप्रेस पाना
आषाढ ३, २०८२ मंगलबार
  • 227
    SHARES
  • टी-२० सिरिज:तेस्रो सुपर ओभरमा नेपाल नेदरल्याण्ड्ससँग पराजित

    काठमाडौं ।  स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई सिरिजको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ । सोमबार भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको हो ।

    images

    निर्धारित २० ओभरको खेल टाइ भएपछि त्यसपछिका दुई सुपर ओभर पनि टाइ भएको थियो र तेस्रो सुपर ओभरमा भने नेदरल्याण्ड्सले जित निकालेको हो ।

    पहिलो सुपर ओभरमा नेपालले २० रनको लक्ष्य दिदाँ नेदरल्यान्ड्सले १९ रन बनाएपछि खेल दोस्रो सुपर ओभरमा गएको थियो । दोस्रो सुपर ओभरमा नेदरल्यान्ड्सले नेपाललाई १८ रनको लक्ष्य दिएको थियो । नेपालले ६ बलमा १७ रन बनाएपछि खेलको निर्णय तेस्रो सुपर ओभरमा भएको हो ।

    images


    तेस्रो सुपर ओभरमा नेपालले कुनै रन बनाउन सकेन । पहिलो बलमै कप्तान रोहित पौडेल आउट भए भने त्यसपछि दुई बल डट भएका थिए । चौथो बलमा रुपेश सिंह आउट भएपछि नेपालले तेस्रो सुपर ओभरमा कुनै रन बनाउन सकेन र नेदरल्यान्ड्सले केवल एक रनको लक्ष्य पायो । सो लक्ष्य नेदरल्यान्ड्सले पहिलो बलमा नै पुरा गरेको थियो ।

    टी-२० क्रिकेटको इतिहासमा तीन पटक सुपर ओभर भएको यो पहिलो पटक हो ।

    त्यसअघि नेदरल्यान्ड्सले दिएको १५३ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ८ विकेट गुमाउदै १५२ रन बनाएपछि खेलको निर्णय सुपर ओभरबाट भएको हो । नेपालका लागि अन्तिम बलमा ५ बल आवश्यक रहेकोमा नन्दन यादवले चौका प्रहार गरेपछि रन बराबर भएको थियो ।

    नेपालका लागि कप्तान रोहित पौडेलले ४८ रन बनाए भने कुशल भुर्तेलले ३४ रन बनाए। त्यस्तै रुपेश सिंहले १९, किरण ठगुन्नाले १५ र नन्दन यादवले अविजित १२ रन बनाए। 

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डसले २० ओभरमा ७ विकेट गुमाउदै १५२ रन बनाएको थियो । नेदरल्याण्डसका लागि तेजा निदामनुरुले  ३५ रन बनाए भने विक्रमजित सिंगले ३०, सकिब जुल्फिकरले २५, माइकल लेभिटले २०, म्याक ओ डोउडले १९ रन बनाएका थिए ।


    त्यसैगरी नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए भने नन्दन यादवले २ विकेट लिए । त्यसै गरी ललित राजबंशी र कुशल भुर्तेलले एक एक विकेट लिएका थिए ।

     

  • सम्बन्धित विषय:

  • # टी-२० सिरिज