काठमाडौं । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी-२० सिरिजमा स्कटल्याण्डले नेपाललाई ९८रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले १९.४ ओभरमा सबै विकेट गुमाउँदै ९७ रन बनाएको हो ।
स्कटल्याण्डका लागि माइकल लिस्कले सर्बाधिक ४६ रन बनाए भने कप्तान माथ्यु क्रसले १५ रन बनाए ।
त्यसैगरी नेपाली बलर सन्दीप लामिछानेले ४ विकेट लिए भने दिपेन्द्र सिंह ऐरी र करण केसीले २-२ तथा ललित राजबंशीले एक विकेट लिए ।


