आइतबार, भाद्र २८ गते २०८३
images

त्रिकोणात्मक टी-२० सिरिज :स्कटल्याण्डमाथि नेपाल २ विकेटले विजयी

एक्सप्रेस पाना
आषाढ ३, २०८२ मंगलबार
  • 334
    SHARES
  • त्रिकोणात्मक टी-२० सिरिज :स्कटल्याण्डमाथि नेपाल २ विकेटले विजयी

    काठमाडौं । नेपालले स्कटल्याण्डमाथि २ विकेटको जित हासिल गरेको छ ।

    images

    स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी-२० सिरिजमा ९८ रनको लक्ष्य पछाएको नेपालले १९.५ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।

    नेपालका लागि कुशल भुर्तेलले सर्बाधिक ३० रन बनाउँदा दिपेन्द्र सिंह ऐरीले १४ र बसिर अहमदले १३ रन बनाए । त्यस्तै किरण ठगुन्नाले १०,लोकेस बमले ९ र कप्तान रोहित पौडेलले ७ रन बनाए । 

    images

    त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले १९.४ ओभरमा सबै विकेट गुमाउँदै ९७ रन बनाएको थियो । स्कटल्याण्डका लागि माइकल लिस्कले सर्बाधिक ४६ रन बनाए भने कप्तान माथ्यु क्रसले १५ रन बनाए । 

    त्यसैगरी नेपाली बलर सन्दीप लामिछानेले ४ विकेट लिए भने दिपेन्द्र सिंह ऐरी र करण केसीले २-२ तथा ललित राजबंशीले एक विकेट लिए । 

     

  • सम्बन्धित विषय:

  • # टी-२० सिरिज