काठमाडौं । जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गतको अन्तिम खेलमा स्कटल्याण्डले नेपाललाई १९४ रनको लक्ष्य लिएको छ ।
शुक्रबार जारी खेलमा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले २० ओभरमा ५ विकेट गुमाउँदै १९३ रन बनाएको हो ।
स्कटल्याण्डका लागि जर्ज मुनसीले सर्बाधिक ७८ रन बनाए भने ब्राण्डन म्याकुलनले ४२ रन बनाए। त्यस्तै माइकल लिस्कले अविजित २६ रन बनाए भने म्याथ्यु क्रसले १७ रन बनाए ।
त्यसैगरी नेपाल इब्ल्र कुशल भुर्तेलले २ विकेट लिए भने रुपेश सिंह, ललित राजबंशी र सन्दीप लामिछानेले एक-एक विकेट लिए ।


