सोमबार, कार्तिक १७ गते २०८३
images
images

पत्रकार सुरेस रजकको परिवारलाई रास्वपाले गर्‍यो ३ लाख रुपैया सहयोग

एक्सप्रेस पाना
आषाढ ७, २०८२ शनिबार
  • 556
    SHARES
  • पत्रकार सुरेस रजकको परिवारलाई रास्वपाले गर्‍यो ३ लाख रुपैया सहयोग

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गत चैत १५ गते तीनकुने घटनामा मृत्यु भएका पत्रकार सुरेस रजकको परिवारलाई ३ लाख रुपैया सहयोग गरेको छ ।

    images

    शनिबार आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा रास्वपाले रजकको परिवारलाई ३ लाख मानवीय सहयोग उपलब्ध गराएको हो ।

    चेक हस्तान्तरण गर्न रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी, कोषाध्यक्ष लिमा अधिकारी र कोष ब्यबस्थापन बिभागका सदस्य जगदीश खरेल स्वपत्रकार सुरेस रजकको घर पुगेका थिए ।

    images

    रास्वपाले आगामी दिनमा पत्रकारको सुरक्षाप्रति राज्य संयन्त्र, राजनीतिक दल र आन्दोलनकारी जिम्मेवार रहन माग गरेको छ । 

  • सम्बन्धित विषय:

  • # रास्वपा
  • # सुरेस रजक