सोमबार, कार्तिक १७ गते २०८३
images
images

पशुपतिको शव दाह मेसिन खरिदमा भ्रष्टाचार:१४ जनाविरुद्ध मुद्दा दायर

एक्सप्रेस पाना
आषाढ १०, २०८२ मंगलबार
  • 358
    SHARES
  • पशुपतिको शव दाह मेसिन खरिदमा भ्रष्टाचार:१४ जनाविरुद्ध मुद्दा दायर

    काठमाडौं । पशुपति आर्यघाटको विद्युतीय शव दाह मेसिन खरिदमा भ्रष्टाचार गरेको अभियोगमा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलनकुमार थापासहित १४ जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।

    images

    मुद्दा दायर गरिएकाहरूमा थापासहित, कोषका तत्कालीन निमित्त सदस्य सचिव एवं हाल परिषद् सदस्य राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, उपनिर्देशक रेवतीरमण अधिकारी, तत्कालीन उपनिर्देशक सिताराम रिसेल, इन्जिनियरहरू पशुपति ठाकुर, डेनिस उप्रेती, रमेश पुरी, लेखा अधिकृत चन्द्रप्रसाद खनाल, पुल्चोक इन्जिनियरिङ क्याम्पस इलेक्ट्रिकल विभागका उपप्राध्यापक युवराज अधिकारी, कानूनी सल्लाहकार एवं मूल्यांकन समितिका लैनबहादुर थापा, म्याप अन्टरप्रिनर्स प्रालिका सञ्चालक मनोज पुरी र यदुनन्दन भट्टराई र इन्जिनियरिङ कन्सल्टेन्ट सुरज चापागाईँ छन् ।

    पशुपतिमा विद्युतीय शव दाह गृहको मेसिन खरिद तथा जडान प्रक्रियामा मिलेमतो गरी कोषको सम्पत्ति हिनामिना र हानी नोक्सानी पुर्‍याएर भ्रष्टाचार गरेको अभियोगमा उनीहरूविरुद्ध १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ बिगो माग दाबीसहित आइतबार आरोप पत्र दायर गरिएको हो। 

    images


    अख्तियारका अनुसार अनुभव नै नभएको परामर्शदाता कम्पनी ‘एप्पल इन्जिनियरिङ प्रोफेसनल कन्सल्टेन्सी’ लाई फर्जी कोटेसनका आधारमा परामर्श सेवाको जिम्मा दिइयो। सोही कम्पनीमार्फत भारतीय ३२ लाख ५० हजार पर्ने मेसिनलाई नेपाली १ करोड ५२ लाख पर्ने देखाई अस्वाभाविक रूपमा लागत अनुमान तयार गरेको आरोप छ । 

    ठेक्का प्रक्रियामा समेत मागबमोजिमको अनुभव नभएको ‘म्याप इन्टरप्रेन्योर्स प्रालि’ ले पेस गरेको कागजातलाई सदर गरी ठेक्का दिइएको तथा ठेक्का स्वीकृत भए लगत्तै कानुन विपरीत १ करोड ८२ लाख पेस्की भुक्तानी समेत गरेको जनाइएको छ ।

    1750596381_1.jpg

     

     

     

  • सम्बन्धित विषय:

  • # भ्रष्टाचारको मुद्दा
  • # सचिव मिलनकुमार थापा