एजेन्सी । युरोपको सबै भन्दा ठुलो क्लब फुटबल प्रतियोगिता (युइएफए) च्याम्पियन्स लिग अन्तर्गत आज मङ्गलबार ८ खेल हुँदै छ । जसमा १६ टोली प्रतिस्पर्धामा रहेका छन् ।
रियल मड्रिडले शाख्तर डोनेस्कसँग खेल्दै छ । समूह चरणको तेस्रो खेल आज राति १२ः४५ मा सुरु हुने छ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले आरबी लाइपजिगसँग प्रतिस्पर्धा गर्दै छ । उक्त खेल आज राति १२ः४५ मा सुरु हुने छ । यता म्यान्चेस्टार सिटीले आज क्लब बुर्गीसँग प्रतिस्पर्धा गर्दै छ । यो खेल राति १०ः३० बजे सुरु हुने छ ।
पोर्टोले मिलानसँग खेल्दै छ । यो खेल राति १२ः४५ मा सुरु हुने छ । आज राति इन्टरमिलानले टासपोर्टसँग खेल्दै छ । आयाक्सले डर्टमनसँग खेल्दै छ । यो खेल राति १२:४५ बजेबाट आयाक्सको घरेलु मैदानमा हुनेछ । यस्तै बेसिस्टाले स्पोर्टिङ लेस्बनसँग प्रतिस्पर्धा गर्दै छ । यो खेल नेपाली समय अनुसार राति १०:३० बजे बाट बेसिस्टाको घरेलु मैदानमा हुनेछ ।
यता आज हुने खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिड र इङ्ग्लिस क्लब लिभरपुल प्रतिस्पर्धा गर्दैछन् । एथ्लेटिको मड्रिडले लिभरपुलसँग खेल्दै छ । खेल एट्लेटिको मड्रिडको घरेलु मैदान वान्डा मेट्रोपोलिटानो स्टेडियममा नेपाली समयअनुसार राति पौने १ बजे हुनेछ ।
एट्लेटिको घरेलु मैदानको फाइदा उठाउँदै जित हात पारेर समूहको शीर्ष स्थानमा उक्लिन चाहन्छ । त्यस्तै लिभरपुल पनि विजयी यात्रालाई कायम राख्ने दाउमा हुनेछ । हाल २ खेलबाट ६ अंक जोडेर लिभरपुल समूह ‘बी’ को शीर्ष स्थानमा रहँदा ४ अंकका साथ एट्लेटिको दोस्रो स्थानमा छ ।
हालसम्म च्याम्पियन्स लिगमा यी दुईले ४ खेलमा एक अर्काको सामना गरेका छन् । जसमा २ खेल एट्लेटिकोले आफ्नो पक्षमा पार्दा २ खेल बराबरीमा सकिएको छ । च्याम्पियन्स लिगका पछिल्ला २ भेटमा जित हात पारेको एट्लेटिको आज पनि सोही नजितालाई निरन्तरता दिन चाहन्छ ।


