बिहीबार , कार्तिक २० गते २०८३
images
images

द्वन्द्वग्रस्त इरानमा फसेका तीन नेपालीसहित २७२ भारतीय दिल्ली आइपुगे

एक्सप्रेस पाना
आषाढ १२, २०८२ बिहीबार
  • 372
    SHARES
  • द्वन्द्वग्रस्त इरानमा फसेका तीन नेपालीसहित २७२ भारतीय दिल्ली आइपुगे

    काठमाडौं । द्वन्द्वग्रस्त इरानको मशहदमा फसेका तीन नेपालीसहित २७२ भारतीय नागरिक भारत आइपुगेका छन् । नेपाली र भारतीय नागरिक बोकेको विशेष उडान हिजो(बुधबार) राति अबेर नयाँ दिल्लीमा सुरक्षित अवतरण भएको छ ।

    images

    ‘अपरेशन सिन्धु’अन्तर्गत उद्धार गरिएका मानिसहरूको कुल संख्या ३,४२६ पुगेको छ। विस्थापितहरूले अपरेशन सिन्धु अन्तर्गत द्वन्द्वग्रस्त इरानबाट उनीहरूलाई उद्धार गरेकोमा इरानी र भारतीय सरकारलाई धन्यवाद दिए।

    एएनआईसँग कुरा गर्दै इरानबाट फर्किएका एक भारतीय उद्धारकर्ताले भने, ‘म मेरो सरकारलाई, विशेष गरी प्रधानमन्त्रीलाई धन्यवाद दिन्छु। हामीले कुनै कठिनाइको सामना नगरी आइपुगेका छौं । इरानी र भारतीय दुवै सरकारले धेरै राम्रो व्यवहार गरे।’

    images

    अर्का उद्धारकर्ताले भने,‘हामीलाई फिर्ता ल्याएकोमा हामी सरकारप्रति आभारी छौं। यदि त्यहाँ अवस्था बिग्रिएको भए, फर्कन गाह्रो हुने थियो ।’

    इरान र इजरायलबीच बढ्दो द्वन्द्वको बीचमा अपरेशन सिन्धु सुरु गरिएको थियो । यता, नेपालले भारत सरकारलाई आफ्ना नागरिकहरुको उद्धारका लागि आग्रह गरेको थियो । परराष्ट्रमन्त्री आरजु राणाले इरानमा १६ जना नेपालीलाई उद्धार गरिदिन आग्रह गरेकी थिइन् ।

    बुधबार मसहदस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएका सात जना नेपालीको उद्धार समेत गरिएको थियो अध्यागमन प्रशासनले एक्जिट परमिट नभएको भन्दै मंगलबार उनीहरुलाई फर्काएको थियो ।

  • सम्बन्धित विषय:

  • # द्वन्द्वग्रस्त इरान