बिहीबार , कार्तिक २० गते २०८३
images
images

'काठमाडौं भ्यू टावर’ का ठेकेदार मनोज भेटवाल पक्राउ

एक्सप्रेस पाना
आषाढ १३, २०८२ शुक्रबार
  • 903
    SHARES
  • 'काठमाडौं भ्यू टावर’ का ठेकेदार मनोज भेटवाल पक्राउ

    काठमाडौं । पुरानो बसपार्कमा निर्माणाधीन ‘काठमाडौं भ्यू टावर’ का ठेकेदार मनोज भेटवाल पक्राउ परेका छन् । 

    images

    जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार भेटवाल १० करोड रूपैयाँको बैंकिङ कसुरसम्बन्धी एक मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका हुन् ।

    images

    इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालकसमेत रहेका भेटवाल यसअघि २०७९ फागुन १० गते पनि उनी ३ करोडको चेक बाउन्स मुद्दामा पक्राउ परेका थिए ।

     

  • सम्बन्धित विषय:

  • # काठमाडौं भ्यू टावर