बिहीबार , कार्तिक २० गते २०८३
images
images

१० निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारिस,७ दिने स्पष्टीकरण माग

एक्सप्रेस पाना
आषाढ २०, २०८२ शुक्रबार
  • 147
    SHARES
  • १० निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारिस,७ दिने स्पष्टीकरण माग

    काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १० निर्माण व्यवसायी र आपूर्तिकर्तालाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ ।

    images

    कार्यालयले शुक्रबार एक सूचना जारी गरी कालोसूचीमा राख्न नपर्नेको कारणसहित सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न भनेको हो ।

    कार्यालयले विभिन्न सार्वजनिक निकायहरूबाट कालोसूचीमा राख्न निवेदन परेकोले कालोसूचीमा राख्न नपर्ने आधार प्रमाण भए सूचना प्राप्त भएको मितिले ३० दिनभित्र यस कार्यालयमा लिखित स्पष्टीकरण पेस गर्नू भनी निजहरूको ठेगानामा सूचना पठाइएकोमा हालसम्म लिखित स्पष्टीकरण पेस नभएकोले सात दिनभित्र स्पष्टीकरण पेस गर्न पुन सूचना जारी गरिएको हो । 

    images

    image-22-1751599377.png