शुक्रबार, भाद्र २६ गते २०८३
images

टि-२० विश्वकप : स्कटल्याण्डको लगातार दोस्रो जित

एक्सप्रेस पाना
कार्तिक २, २०७८ मंगलबार
  • 235
    SHARES
  • टि-२० विश्वकप : स्कटल्याण्डको लगातार दोस्रो जित

    कात्तिक २ काठमाडौं । स्कटल्याण्डले आईसीसी टी-२० विश्वकप क्रिकेटमा लगातार दोस्रो जित दर्ता गरेको छ ।

    images

    मंगलबार स्कटल्याण्डले पपुवा न्युगिनीलाई १७ रनले पराजित गर्दै दोस्रो जित निकालेको हो । स्कटल्याण्डले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ४८ रनमा समेटियो ।

    पपुवा न्युगिनीका नोर्मन भानुले सर्वाधिक ४७ रन बनाए । सेसे बाउले २४ रन जोड्दा कप्तान असाद भाला र किप्लिन डोरिगाले १८/१८ रन जोडे । चाड सोपेरले १६ रन बनाए । स्कटल्याण्डका जोस डाभेले ४ विकेट लिए ।

    images

    यस अघि स्कटल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो । पपुवा न्युगिनीका काबु मोरियाले ४ तथा चाड सोपेरले ३ विकेट लिए ।

    उक्त जितसँगै पहिलो चरणको समूह बी मा रहेको स्कटल्याण्डले २ खेलमा ४ अंक जोडेको छ । स्कटल्याण्ड समूहको शीर्ष स्थानमा रहेको छ । यता पपुवा न्युगिनीको यो लगातार दोस्रो हार हो ।