बिहीबार , कार्तिक २० गते २०८३
images
images

भोजपुर हत्याकाण्ड:मृतकको शव पोष्टमार्टमका लागि धरान ल्याइयो

एक्सप्रेस पाना
आषाढ २३, २०८२ सोमबार
  • 244
    SHARES
  • भोजपुर हत्याकाण्ड:मृतकको शव पोष्टमार्टमका लागि धरान ल्याइयो

    काठमाडौं । भोजपुरको रामप्रसादराई गाउँपालिका–२ धोद्नेखानीमा एकै परिवारका चार जनाको हत्या भएको घटनामा मृतकको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको छ । 

    images

    जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज तिमिल्सिनाका अनुसार जिल्ला अस्पताल भोजपुरमा फरेन्सिक परिक्षणका लागि आवश्यक उपकरण नभएपछि सव धरान पठाइएको हो ।

    शनिबार राति भएको सामूहिक हत्याकाण्डमा राजेन्द्र राईले आफ्नी १६ वर्षीया श्रीमती मनिषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासु मञ्जु गिरी र ९ वर्षीय साला सपन गिरीको हत्या गरेका थिए । 

    images

    तिमिल्सिनाकाका अनुसार छुरा प्रयोग गरेर हत्या गरिएको देखिएको छ । हत्या स्वीकार गरेका राजेन्द्रको पनि बिपी कोइराला स्वास्थ्य विज्ञान पतिष्ठानमै प्रहरीको निगरानीमा उपचार भइरहेको उनले बताए । 

    ‘विरामीको उपचार र सवको पोष्टमार्टमपछि थप खुल्न सक्छ । प्रहरी अनुसन्धानकै क्रममा रहेको छ,’ उनले नेपाल न्यूज बैंकसंग भने । 

    राजेन्द्रको शरीरका केही भागमा चोट देखिएकाले प्रहरीको समेत प्रारम्भिक अनुसन्धानमा देखिएको छ । छोरीलाई माइतीमै राखेको विषयमा विवाद भएपछि राईले आक्रोशमा हत्या गरेको देखिएको छ ।

  • सम्बन्धित विषय:

  • # भोजपुर हत्याकाण्ड