शुक्रबार, भाद्र २६ गते २०८३
images

पिएसजीको जितमा मेस्सीको दुई गोल

एक्सप्रेस पाना
कार्तिक ३, २०७८ बुधबार
  • 321
    SHARES
  • पिएसजीको जितमा मेस्सीको दुई गोल

    एजेन्सी । अर्जेन्टिनी स्टार लिओनल मेस्सीको दुई गोल मद्दतमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले युइएफए च्याम्पियन्स लिगमा रोमाञ्चक जित निकालेको छ । 

    images

    मंगलबार राति घरेलु मैदानमा भएको समूह ए को खेलमा पीएसजीले जर्मन बुण्डेसलिगा फुटबल क्लब आरबी लाइपजिगलाई ३-२ ले पराजित गरेको छ ।

    घरेलु टोली २-१ ले पछि पर्दा मेस्सीले २ गोल गर्दै महत्त्वपूर्ण तीन अंक दिलाएका थिए । यस्तै युवा फरवार्ड केलीयन एमबाप्पेले १ गोल गरे । पराजित लाइप्जिगको लागि आन्द्रे सिल्भा र नोर्दिक मुकिएलेले १/१ गोल गरे ।

    images

    खेलको नवौं मिनेटमा एमबाप्पेले काउन्टर मुभमा उत्कृष्ट फिनिस गरेका थिए । तर २८ औं मिनेटमा आन्द्रे सिल्भाले गोल गर्दै खेल बराबरीमा ल्याए । दोस्रो हाफको ५७ औं मिनेटमा नोर्दिक मुकिएलेले गोल गर्दै पाहुना टोलीलाई २-१ ले अघि बढाए । 

    यसपछि मेस्सीले खेलको ६७ औं मिनेटमा मेस्सीले गोल गर्दै खेल पुन: २/२ को बराबर ल्याए । ७४ औं मिनेटमा मेस्सीले पेनाल्टी गोल गर्दै टोलीलाई ३-२ गोलको जित दिलाए ।पिएसजीले इन्ज्युरी समयमा अर्को पेनाल्टी प्राप्त गर्‍यो । तर ह्याट्रिकमा रहेका मेस्सीले उक्त प्रहार एम्बाप्पेलाई दिए । एमबाप्पेको पेनाल्टी प्रहार बाहिरिदा पिएसजीले अग्रता बढाउन सकेन ।

    समूहको अर्को खेलमा म्यानचेस्टर सिटीले क्लब ब्रुगलाई ५-१ ले हरायो । 

    उक्त जितसँगै पिएसजी अंक तालिकाको शीर्षस्थानमा कायम छ । उसको ३ खेलमा ७ अंक छ । सिटीको ३ खेलमा ६ अंक तथा क्लब ब्रुगको ४ अंक छ । आरबी लाइपजिग भने ३ खेलमा अंकविहीन छ ।