काठमाडौं । बर्षाका कारण नुवाकोटस्थित त्रिशूली नदीमा आएको बाढिमा फसेका दुई जनाको उद्धार गरिएको छ ।
बिदुर नगरपालिका-१ त्रिशुली, बसपार्कनजिकै त्रिशुली नदीको बिचमा फसेका एक पुरुष र एक महिलालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।
उनीहरु बिहाननै दाउरा संकलन गर्न गएका थिए । तर, अचानक बाढीले नदीको सतह बढेपछि उनीहरु केहि समय रुख चढेर बसेका थिए।
.jpg)


