शुक्रबार, भाद्र २६ गते २०८३
images

रियल मड्रिडको सहज जित

एक्सप्रेस पाना
कार्तिक ३, २०७८ बुधबार
  • 369
    SHARES
  • रियल मड्रिडको सहज जित

    एजेन्सी । युरोपको सबैभन्दा ठुलो क्लब फुटबल प्रतियोगिता युइएफए च्याम्पियन्स लिगमा स्पेनिस ला लिगा फुटबल क्लब रियल मड्रिडले सानदार जित निकालेको छ ।

    images

    स्ट्राइकर भिनिसियस जुनियरको २ गोल प्रेरित च्याम्पियन्स लिगमा युक्रेनको शाख्तर डोनेश्कमाथि ५-० को एकतर्फी नतिजा हासिल गरेको छ ।  मंगलबार राति समूह ‘डी’ को खेलमा  सहज जित निकाल्ने क्रममा रियलको लागि भिनिसियसले २ तथा रोडरिगो र करिम बेन्जेमाले १/१ गोल गरे । एक गोल भने रियलले उपहार पायो । 

    रियलले मध्यान्तर हुन सात मिनेट बाँकी रहँदा सेर्गे क्रिभट्सोभको आत्मघाती गोलबाट अग्रता लियो । खेलको ५१औं मिनेटमा भिनिसियले पहिलो गोल गर्दा दोस्रो ५६ मिनेटमा सम्भव भयो ।

    images

    रोडरिगोले ६५ औं मिनेटमा रियलका लागि चौथो गोल गरे भने करिम बेन्जेमाले इन्जुरी समयमा गोल थप्दै रियालको जित थप फराकिलो पारे । मंगलबारै भएको समूह डी को अर्को खेलमा इन्टर मिलानले घरेलु मैदानमा एफसी सेरिफमाथि ३-१ को जित हासिल गर्‍यो । 

    हारका बावजुद पहिलो २ खेलमा जित हासिल गरेको सेरिफ ६ अंकका साथ समूह ‘डी’को शीर्ष स्थानमा छ । समान ६ अंक जोडेको रियल मड्रिड दोस्रो स्थानमा छ । यता ३ खेलमा ४ अंक जोडेको इन्टर तेस्रो स्थानमा रहँदा एक अंकमा सीमित शाख्तर पुछारमा छ ।