एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल क्लब म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिगमा सानदार जित निकालेको छ । गएराति भएको खेलमा सिटीले बेल्जियन क्लब ब्रुगलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।
सिटीलाई सानदार जितमा रियाद महारेजले २ गोल गरे भने जोओ क्यान्सेलो, केल वाल्कर र कोल पाल्मेरले समान १/१ गोल गरे । घरेलु टोलीका हान्स भानाकेनले १ गोल फर्काए ।
खेलको ३०औं मिनेटमा जोओ क्यान्सेलोले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ४३औं मिनेटमा रियाद महारेजले पेनाल्टीमा गोल गर्दै सिटीलाई २-० को अग्रता दिलाए ।
५३औं मिनेटमा केल वाल्करले गोल गर्दै सिटीलाई ३-० ले अघि बढाए । उनले केभिन डि ब्रुयनको पासमा गोल गरेका थिए । ६७औं मिनेटमा कोल पाल्मेरले गोल गर्दै सिटीलाई ४-० ले अघि बढाए । उनले रहिम स्टर्लिङको पासमा गोल गरेका थिए ।
८१ औं मिनेटमा हान्स भानाकेनले एक गोल र्फकाए । ४औं मिनेटमा रियाद महारेजले पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई ५-१ को सानदार जित दिलाए ।
उक्त जितसँगै समूह ‘ए’ मा सिटी ३ खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । पराजित क्लब ब्रुग ४ अंक जोडेर तेस्रो स्थानमा छ । पीएसजी ७ अंक जोडेर शीर्षस्थानमा छ ।


