आइतबार, भाद्र २८ गते २०८३
images

टी–२० विश्वकप छनोटको खेलतालिका सार्वजनिक, नेपाल समूह–२ मा

एक्सप्रेस पाना
आषाढ २६, २०८२ बिहीबार
  • 589
    SHARES
  • टी–२० विश्वकप छनोटको खेलतालिका सार्वजनिक, नेपाल समूह–२ मा

    काठमाडौं । आईसीसी टी–२० विश्वकप इस्ट एसिया–प्यासिफिक छनोटको तालिका सार्वजनिक भएको छ ।

    images

    विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीले बिहीबार कुल नौ टोलीको सहभागिता रहने प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

    प्रतियोगितामा नेपाल, पपुवा न्युगिनी (पीएनजी) र ओमानसँगै कुवेत, मलेसिया युनाइटेड अरब इमिरेट्स (यूएई), कतार, जापान र समाओ सहभागी हुनेछन् । 

    images

    तालिकाअनुसार अक्टोबर ८ देखि ओमानमा हुने प्रतियोगितामा नेपाल समूह–२ मा परेको छ । यो समूहमा नेपालसँगै कुवेत र जापान छन् । 

    नेपालले प्रतियोगिताको पहिलो खेलमा अक्टोबर ८ मै कुवेतसँग खेल्नेछ । यसपछि नेपालले अक्टोबर १० मा जापानविरुद्ध प्रतिस्पर्धा गर्नेछ । 

  • सम्बन्धित विषय:

  • # टी–२० विश्वकप