मंगलबार, श्रावण १२ गते २०८३
images
images

अस्तित्व तिम्रो

एक्सप्रेस पाना
आषाढ २८, २०८२ शनिबार
  • 294
    SHARES
  • अस्तित्व तिम्रो
    काठमाडौं । 
     
    कागको हुलमा काग,
    बकुल्लाको हुलमा बकुल्ला,
    कति बन्छौ, मनुवा ??
     
    मानव चोली पाएछौ, 
    व्यवहार गर्छौ दानवको ।
    आफ्नो सत्बाट धरै टाढा,
    पञ्चइन्द्रियको वशमा, 
    व्यवहार गर्छौ अज्ञानीको ।।
     
    उठ–जाग अब, नगरी अबेर,  चिन आफूलाई.... 
    स्वतन्त्र–सत्य अस्तित्व तिम्रो, हराएछ कता ???  
    बिलाएछ कता ???
    खोज आफूलाई , भेट्टाऊ आफूलाई ।
     
    जुन सुकै हुल आए पनि,
    निर्मल–निश्चल–सत्–स्वतन्त्र,  
    स्व–अस्तित्वको, स्वःस्वतन्त्रताको,
    बन मालिक तिमी ।।।
     
    कागको हुलमा काग
    बकुल्लाको हुलमा बकुल्ला
    कति बन्छौ, मनुवा ????
     
    अना नेवाः

     

    images

  • सम्बन्धित विषय:

  • # अना नेवाः