बिहीबार , कार्तिक २० गते २०८३
images
images

ओझा निलम्बनमा परेपछि पोखरेलले लिए अध्यक्षको सपथ

एक्सप्रेस पाना
आषाढ ३१, २०८२ मंगलबार
  • 242
    SHARES
  • ओझा निलम्बनमा परेपछि पोखरेलले लिए अध्यक्षको सपथ

    काठमाडौं । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको सपथ लिएका छन् । 

    images

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष पोखरेलले सपथ लिएका हुन् । 

    सोमबारको मन्त्रिपरिषद्को बैठकले सहसचिव पोखरेललाई अर्को व्यवस्था नहुँदासम्मका लागि बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष भइ काम गर्ने गरी तोक्ने निर्णय गरेको थियो ।

    images

    नेपाल बीमा प्राधिकरण सञ्चालक समितिका अध्यक्ष शरद ओझाका बारेमा उजुरी परेपछि मन्त्रिपरिषद्को बैठकले बीमा ऐन २०७९ को दफा १२ को उपदफा २ बमोजिम उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा तीन सदस्यीय छानविन समिति गठन गरेको थियो । छानबिन समिति गठन भएपछि ओझा स्वतः निलम्बन हुनु भएको थियो ।

    यसैबीच छानबिन समितका अध्यक्ष गिरी, सदस्यद्वय जीवनप्रकाश सिटौला र कपिलदेव ओलीले आज पत्र बुझेका छन् । 

  • सम्बन्धित विषय:

  • # बीमा प्राधिकरण
  • # सेवन्तक पोखरेल