शुक्रबार, भाद्र २६ गते २०८३
images

एट्लेटिकोमाथि लिभरपुलको नाटकीय जित

एक्सप्रेस पाना
कार्तिक ३, २०७८ बुधबार
  • 365
    SHARES
  • एट्लेटिकोमाथि लिभरपुलको नाटकीय जित

    एजेन्सी । युरोपको सबैभन्दा ठुलो क्लब फुटबल प्रतियोगिता युइएफए च्याम्पियन्स लिगमा इंग्लिस प्रिमियर लिग फुटबल क्लब लिभरपुलले समूह ‘बी’ अन्तर्गतको खेलमा नाटकीय जित निकालेको छ । लिभरपुलले १० खेलाडीमा सीमित घरेलु टोली एट्लेटिको मड्रिडमाथि ३-२ को जित निकालेको छ । 

    images

    मंगलबार राति एट्लेटिकोको घरेलु मैदानमा भएको खेलमा पाहुना टाली लिभरपुलको जितमा मोहम्मद सलाहले २ तथा नाबी केइटाले १ गोल गरे । पराजित एट्लेटिकोको लागि दुबै गोल रातो कार्डको सामना गरेका ग्रिजम्यानले गरे । एन्टोनी ग्रिजम्यानले ५२ औं मिनेटमा सोझै रातो कार्ड सामना गरेपछि एट्लेटिकोले बाँकी समय १० खेलाडीमा सीमित भएर संघर्ष गर्नुपरेको थियो । 

    खेलको आठौं मिनेटमा मोहम्मद सालाहले लिभरपुललाई अग्रता दिलाएका थिए । त्यसको पाँच मिनेटपछि नाबी केइटाले २-० को अग्रता बनाए । तर, खेलको २०औं मिनेटमा पहिलो गोल गरेका ग्रिजम्यानले ३४औं मिनेटमा गोल गर्दै खेललाई मध्यान्तरमा २-२ को  बराबरीमा ल्याएका थिए । ७८औं मिनेटमा सलाहले पेनाल्टीमा गोल महत्त्वपूर्ण ३ अंक दिलाए ।

    images

    समूह बी को अर्को खेलमा मंगलबार राति एफसी पोर्टोले एसी मिलानमाथि १-० को जित निकालेको छ । पोर्टोलाई घरेलु मैदानमा जित दिलाउन लुइस डियाजले ६५ औं मिनेटमा निर्णायक गोल गरे । ३ खेलमा ९ अंक जोडेको लिभरपुल समूहको शीर्ष स्थानमा रहँदा समान ४ अंक जोडेको एट्लेटिको र पोर्टो दोस्रो र तेस्रो स्थानमा छन् । मिलानले अंकको खाता खोल्न सकेको छैन ।