एजेन्सी । युरोपको सबैभन्दा ठुलो क्लब फुटबल प्रतियोगिता (युइएफए) च्याम्पियन्स लिगमा इटालियन सिरी ए फुटबल क्लब इन्टर मिलानले सहज जित निकालेको छ । मंगलबार राति भएको समूह चरणको आफ्नो तेस्रो खेलमा एफसी सेरिफमाथि ३-१ गोलको सहज जित निकालेको हो ।
मिलानको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीको जितमा एडिन जेको ,आर्टुरो भिडाल र स्टेफन डी वीआरजेले समान १/१ गोल गरे । यता पाहुना टोली सेरिफाको लागि सेबास्टियन थिलले १ सान्त्वना गोल गरे ।
पहिलो हाफमा १-० गोलको अग्रता बनाएको मिललाने दोस्रो हाफमा थप २ गोल गर्दा १ गोल व्यहोरेको थियो ।
उक्त जितसँगै मिलान ३ खेलबाट ४ अंक बनाउँदै तेस्रो स्थानमा रहेको छ । यता पराजित सेरिफ भने समान ३ खेलबाट ६ अंकसहित शीर्ष स्थानमा यथावत रहेको छ । समान अंक भएको रियल मडिड्र दोस्रो स्थानमा रहेको छ ।


