एजेन्सी । युरोपको सर्वाधिक ठुलो क्लब फुटबल प्रतियोगिता (युइएफइ) च्याम्पियन्स लिगमा आज आठ खेल हुँदै छन् । समूह चराणको तेस्रो खेलअन्तर्गत कुल १६ टोली प्रतिस्पर्धामा रहेका छन् । त्यस्तै आजको खेलमा साविक विजेता चेल्सीसँगै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड, स्पेनिस क्लब बार्सिलोना, जर्मन क्लब बायर्न म्युनिख, इटालियन क्लब युभेन्टस पनि प्रतिस्पर्धात्मक भिडन्त हुनेछ ।

आज हुने पहिलो खेलमा स्पेनिस क्लब बार्सिलोनाले डायनामो किभसँग नेपाली समयअनुसार राति १०ः३० बजे खेल्दै छ । घरेलु मैदान क्याप नोउमा बार्सिलोना पहिलो जितको खोजीमा छ । यसैगरी, सोहि समयमा हुने खेलमा आरबी साल्जगर्बले वुल्फसबर्गसँग खेल्नेछ । उक्त खेल साल्जगर्बको मैदानमा हुनेछ । अङ्कविहीन बार्सिलोना समूह ‘ई’को पुछारमा छ । एक अङ्क भएको डायनामो किभ तेस्रो स्थानमा छ । सोही समूहको बायर्न र बेन्फिकाले राति १२ः४५ बजे खेल्ने छन् । बायर्न ६ अङ्कका साथ शीर्ष स्थानमा छ भने चार अङ्क भएको बेन्फिका दोस्रो स्थानमा छ ।
यता चेल्सीले नेपाली समयअनुसार राति १२ः४५ बजे माल्मोसँग घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा खेल्नेछ । समूह ‘एच’मा चेल्सी तीन अङ्कका साथ दोस्रो स्थानमा छ भने अङ्कविहीन माल्मो पुछारमा छ । सोही समूहको शीर्ष स्थानमा रहेको युभेन्टसले जेनितसँग उसैको मैदानमा खेल्नेछ ।

यस्तै, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले राति १२ः४५ बजे इटालियन क्लब एटलान्टाको सामना गर्नेछ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेड दोस्रो जितको खोजीमा छ । तीन अङ्क भएको युनाइटेड समूह ‘सी’को तेस्रो स्थानमा छ भने अटलान्टा चार अङ्कसहित शीर्ष स्थानमा छ ।
भने सोहि समूहको अर्को खेलमा योङ्ग ब्वाइज र भिल्लारियलले खेल्ने छन् । राति १२ः४५ बजे नै हुने खेलमा लिले र सेभिल्ला प्रतिस्पर्धा गर्न छन् । उक्त खेल सेभिललाको मैदानमा हुनेछ । समूह जी मा सेभिल्ला दुई खेलबाट दुई अङ्कसहि तालिकाको दोस्रो स्थानमा रहेको छ । भने लिले समान खेलबाट एक अङ्कसहित पूछारमा रहेको छ ।



