काठमाडौं । सिन्धुलीबाट बेपत्ता भएका एकै परिवारका १६ जना पोखरामा भेटिएका छन् ।
प्रहरीको खोजीमा रहेका सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट एकै परिवारका १६ जना पोखरा भेटिएका हुन् ।
स्थानीय करिब ५६ वर्षीया उर्मिला हायुको परिवारका छोरा, बुहारी, छोरी र एक ज्वाइँसहित १७ जना बेपत्ता भएका थिए । सम्पर्कविहीन भएको प्रहरीमा खबर पुगेपछि खोजी शुरु गरिएको थियो ।
प्रहरीले खोजी गर्दै जादा उनीहरू गत शनिबार नै पोखरास्थित लेकसाइडको होटल जननीमा पुगेको भेटिएको छ । उनीहरु शनिबार सो होटलमा बसेर आइतबार होटल छोडेको प्रहरीले पत्ता लगाएको छ । प्रहरीले अहिले उनीहरु पोखरा(३० मा भेटिएको बताएको छ ।
.jpg)


