बिहीबार , कार्तिक २० गते २०८३
images
images

आज देशभर नाग पञ्चमी मनाइँदै

एक्सप्रेस पाना
श्रावण १३, २०८२ मंगलबार
  • 195
    SHARES
  • आज देशभर नाग पञ्चमी मनाइँदै

    काठमाडौं । आज नाग पञ्चमी परम्पराअनुसार नागको पूजा अर्चना गरी मनाइँदै छ ।

    images

    श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमीमा घरका मूलढोकामा नागको तस्वीर टाँस्ने परम्परा रहेको छ ।

    नागको पूजा अर्चनाका लागि दूध, मिठाई, फूल अनि धान भुटेर तयार भएको लाभा चढाइन्छ । सामान्यतया अगाडी सर्प नै राखेर पूजा गर्न डरलाग्दो र जोखिमयुक्त हुने भएकाले नाग देवताको प्रतिमा, काठ या चित्रमा आजको दिन पूजा गरिन्छ ।

    images

    नागहरू अकिंत चित्र लिएर ब्राह्मण पुरोहितहरू आआफ्नो जजमानको घरमा दैलोमा गाइको गोबर, दूबो लिएर नाग टाँस्न पुग्दछन् । यसरी दैलोमा टाँसिएको नागको चित्रले वर्षभरि रक्षा गर्ने जनविश्वास छ । नाग पञ्चमीको वास्तविक ऐतिहासिक जरो महाभारतसँग जोडिएको पनि पाइन्छ । 

  • सम्बन्धित विषय:

  • # नाग पञ्चमी