सुुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका उपकुुलपति डाक्टर नन्दबहादुुर र रजिष्ट्रार प्रा डा नारायण प्रसाद पौडेलको विद्यार्थीले पुुत्ला दहन गरेका छन् । विद्यार्थीले उपकुलपति प्राध्यापक डाक्टर सिंह र रजिष्ट्रार पौडेलको पुत्ला दहन गरेर विरोध गरेका हुुन् ।
विश्वविद्यालयका विद्यार्थीहरुको आधारभुत मागहरु पुर्ती गर्न विद्यार्थी संगठनले मागपत्र पेश गर्दासमेत अटेर गरेको भन्दै उनिहरुले उपकुलपति सिंह र रजिष्ट्रार पौडेलको आज पुत्ला दहन गरेर विरोध गरेका छन् ।

नेपाल विद्यार्थी संघ, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी र अखिल छैठौं लगायतका विद्यार्थी संगठनले विद्यार्थीका १८ बुदे माग राख्दै उपकुलपति र रजिष्ट्रार कार्यालयमा लगाएको तालाबन्दी बार्ता विनै फोडिएको भन्दै विद्यार्थी थप आक्रोशित बनाएको विद्यार्थीको भनाई छ ।
यस्ता छन्र मागहरु :
मध्यपश्चिम विश्विद्यालयका विद्यार्थीहरुले विश्वविद्यालय प्रशासनसँग विभिन्न १८ बुदे माग राखेका छन् । जसमध्ये कोभिडका –१९ ले आक्रान्त पारीरहेको अवस्थामा परीक्षार्थीको स्वास्थ्य ख्याल नगरी पिसीआर र खोप बिनै परीक्षा लिने गरीएको भन्दै विश्वविद्यालय र कार्यकारी परिषदबाट पास गरिएको वैकल्पिक परीक्षा कार्यविधी २०७७ अनुसार परीक्षा सञ्चालन गर्नुपर्ने माग राखिएको छ भने विद्यार्थीलाई २० प्रतिसत छात्रवृत्ति कायम गर्नुपर्ने, सबै सेमष्टारमा छात्रवृत्ति रोकिएकोमा तत्काल प्रदान गर्नुपर्ने माग गरिएको छ ।
स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन मिती सार्वजनिक गर्नुपर्ने, विश्विद्यालयको दिक्षान्त समारोह नियमित गर्नुपर्ने, हाईड्रोपावर ईन्जिनियरिङ्ग नेपाल ईन्जिनियरिङ्ग काउन्सिलमा तत्काल दर्ता गर्नुपर्ने माग राखिएको छ ।
वैकल्पिक माध्यमबाट सञ्चालन भइरहेको कक्षाका सवालमा विद्यार्थी आफैँले डाटा प्याक खरीद गरी अध्ययन गर्नुपर्नेभएकोले कोभिड अवधिको शुल्क पूर्ण मिनाह गर्नुपर्ने, विद्यार्थीले अध्ययन गर्ने पाठ्यवस्तु उपलब्ध नभएकाले पाठ्यक्रम अनुसार ई–लाइव्रेरीको व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।
त्यस्तै, ल्याब्रोट्ररि प्राक्टिकलको वैकल्पिक व्यवस्थापन गर्दै छुटेका प्रयोगात्मक कक्षाहरु संचालन गर्नुपर्ने, सेमेष्टार अध्ययन सकिएपछि परिक्षा विनै सेमेष्टार अभिवृद्धि स्थगित गर्नुपर्ने, रोकिएका सबै संकायका परिक्षा संचालन गर्नुपर्ने, शैक्षिक सुधारका लागि आन्दोलित विद्यार्थीको परिक्षा रोक्ने गरिएको कारबाही तत्काल फुकुवा गर्नुपर्ने, जुम मिटिङ्गमार्फत विश्वविद्यालयको गरिमामा आँच आउने गरि क्रियाकलाप गरिएको भदै त्यस्ता हकैत तत्काल बन्द गर्नुपर्ने माग गरिएको छ ।
यस्तै, विद्यार्थीले निर्माण हुन बाँकी ल्याब्रोटरी र लाइव्रेरी निर्माण कार्य यथाशिघ्र संचालन गर्नुपर्ने, १० प्रतिसत शुल्क वृद्धि तत्काल खारेज गर्नुपर्ने, मुसोममा भैरहेको आर्थिक अनियमितता तथा चलखेल छानविन गरी दोषिलाई कारबाही गर्नुपर्ने, विश्विद्यालयको विधि बाहिर गएर धम्किपूर्ण अभिव्यक्ति बन्द गरी विद्यार्थी संगठनबीच भएका सहमति तत्काल कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ ।


.jpg)


