बिहीबार , कार्तिक २० गते २०८३
images
images

चिटिक्क बन्यो नर्वदेश्वर महादेव र ऐतिहासिक सत्तल

एक्सप्रेस पाना
श्रावण १८, २०८२ आइतबार
  • 222
    SHARES
  • चिटिक्क बन्यो नर्वदेश्वर महादेव र ऐतिहासिक सत्तल

    काठमाडौं । रामेछापको मन्थली नगरपालिका–८ स्थिति गाईखुराको नर्वदेश्वर महादेव र ऐतिहासिक सत्तलको जीर्णोद्वार गरिएको छ । 

    images

    पुरातत्त्व विभागले जीर्णोद्वार गरेपछि महादेव मन्दिर र सत्तल चिटिक्क परेका छन् । गाई खुराको माझी बस्तीको बिचमा तामाकोसी नदी तटमा रहेको यो मन्दिर र सत्तललाई निक्कै पूराना मानिन्छन् । 

    इतिहास र भूगोलका ज्ञाता देवशंकर पौडेलका अनुसार यहाँको शिलालेखमा शाके संवत् १७५० र श्रीसंवत् १८८५ लेखिएको छ । यस हिसाबले यो मन्दिर र सत्तल २ सय वर्ष पुरानो भएको उनको भनाइ छ । 

    images

    कान्तिमणि वैद्यले आफूले पाएको गाईखुराको बिर्तामा नर्वदेश्वर शिवलिङ्ग स्थापना गरेको र मन्दिरको छेउमा सत्तल बनाएको इतिहास रहेको पौडेलले जानकारी दिए । 

    झिँगटीको छानो लगाइएको सो सत्तल निक्कै कलात्मक थियो । उचित संरक्षण नभएर सत्तल भत्किएपछि अहिले पुरातत्त्व विभागले आधुनिक तरिकाले त्यसको जीर्णोद्वार गरेको छ ।

    झिँगटीको छानो हटाएर पाता ठोकिएको छ । काम लाग्ने पूराना काठपातहरु पुनः प्रयोग गरिएको छ भने पुरानो स्वरूप नबिग्रने गरी नयाँ काठपात र इँटा प्रयोग गरी पुनः सत्तल निर्माण गरिएको छ । 

    सत्तलसँगैको शिव मन्दिर पनि पुरातत्त्व नखलबलिने गरी आधुनिक हिसाबले निर्माण गरिएको छ । सत्तलको आसपासमा भएका केही शिलाहरूलाई सत्तलमा नै टाँसिएको छ भने कतिपय बाहिर भएका पुराना शिलाहरू भने हराइ नष्ट भएर गएका छन् ।

  • सम्बन्धित विषय:

  • # नर्वदेश्वर महादेव